शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

शुक्रबार, ०२ असोज २०७७, ०८ : ३०
शुक्रबार, ०२ असोज २०७७

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको  एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा लिएका छन् । उनको फोटो सोसल मिडियामा प्रकाशित भएपछि अत्यधिक चर्चितसमेत बनेको छ ।

गत महिना दक्षिण अफ्रिकाले ‘वुमन्स मन्थ’ मनायो र पिटरमारित्जबर्गकी २६ वर्षीया यी महिलाले आफ्नो घर आफैं बनाएको फोटो सोसल मिडियामा प्रकाशित भएपछि यस वर्षको ‘पोस्टर गर्ल’ बनिन् । तस्बिरमा यी महिलालाई सिमेन्ट घोलिरहेको देख्न सकिन्छ, नाप लिइरहेको र ब्लकहरुलाई आफैंले मिलाइरहेको देख्न सकिन्छ । यसले उनलाई अत्यधिक चर्चित बनाएको छ ।

Posted by Zamanzini Philisiwe Zungu on Saturday, 15 August 2020

दक्षिण अफ्रिकाको वेबसाइट अनुसार जामा फिलिसिवे जुङ्गु एक तालिमप्राप्त सिभिल इन्जिनियर हुन् । यसप्रति उनको लगाव आफ्नो बुवाबाट सरेको हो । उनका पिता पनि निर्माण कार्यमा संलग्न छन् । जामाले सन् २०१४ मा इन्जिनियर बन्ने निश्चय गरिन् तसर्थ आफ्नै गाउँको तीभीईटी कलेज भर्ना भइन् ।

Posted by Zamanzini Philisiwe Zungu on Saturday, 15 August 2020

जामाका अनुसार उनले कहिले पनि निर्माण कार्य नगरेको र कलेजको ‘प्राक्टिकल इक्जाम’ ले उनलाई आत्मविश्वास दिलाएको बताइन् ।

Posted by Zamanzini Philisiwe Zungu on Saturday, 15 August 2020

‘म यसमा नै राम्रो छु,’ २६ वर्षकी जामाले भनिन् । ‘मेरो घरको पुनर्निमाण गर्न पाउँदा म निकै खुसी छु, थ्योरी भन्दा प्राक्टिकल नै रमाइलो हुन्छ ।’

Posted by Zamanzini Philisiwe Zungu on Saturday, 15 August 2020

जामालाई भविष्यमा आफ्नो निर्माण कम्पनी खोल्ने इच्छा छ र इन्जिनियरिङ क्षेत्रमा थप महिलालाई सशक्तिकरण गर्ने मनसाय व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप