शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै, हालसम्म आठ हजार बढी संक्रमित घरमै

शुक्रबार, ०२ असोज २०७७, ०६ : १३
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं – कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो ।

हाल देशभर ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार १ सय ८७ जना होम आइसोलेसनमा छन् ।

यस्तै, प्रदेश २ मा १ हजार २ सय ८७, प्रदेश १ मा १ हजार १ सय ७२, प्रदेश ५ मा १ हजार ६७, सुदूरपश्चिम प्रदेशमा ३ सय १३, गण्डकी प्रदेशमा १ सय ८२ र कर्णाली प्रदेशमा १ सय ३० जना होम आइसोलेसनमा छन् । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप