सुदूरपश्चिम प्रदेशमा कोरोनावाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा गत भदौ ३० गतेसम्म ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा दुई दिनमा १०४जना थपिएर कूल सक्रिय सङ्क्रमित ८०२ जना पुगेका छन् । कोभिड—१९बाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ४२४ जना पुगेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भइ सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत धनगढी उपमाहानगरपालिका—५का ५७ बर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ ।
यो सँगै प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो २४घण्टामा प्रदेशका कैलाली,अछाम,डोटी, र कञ्चनपुर जिल्लाका गरी थप ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै कूल सङ्क्रमित छ हजार ५२८जना पुगेका छन् । कोरोना निको भई आजसम्म पाँच हजार ७१४ जना डिस्चार्ज भएका छन् । यसै बीच बैतडी जिल्ला अस्पतालमा आजवाट पिसीआरबाट कोरोना सङ्क्रमितका शङ्कास्पदको नमूना परीक्षण गर्ने प्रयोशाला सञ्चालन भएको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रयोगशालाको शुभारम्भ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा