शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेशमा ३१४ जना आइसोलेशनमा

बिहीबार, ०१ असोज २०७७, २१ : १८
बिहीबार, ०१ असोज २०७७

कर्णाली प्रदेशमा एकैदिन आज ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन हजार २४ पुगेको छ ।

 कर्णाली प्रदेश अस्पताल/पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्रयोगशालामा १०५ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

ती मध्ये सुर्खेतका ६४, दैलेखका नौ, जाजरकोटका छ, कालीकोटका चार, डोल्पा, कैलाली, बाँकेका तीन÷तीन, कञ्चनपुर, अछाम र बर्दियाका दुई/दुई, सल्यान, रुकुमपश्चिम, जुम्ला र हुम्लामा एक/एक जना रहेका मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

आज पुष्टि भएका कोरोना सङ्क्रमित मध्ये २८ जना सुरक्षाकर्मीहरु रहेका उनले बताए । आज नै २८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमण जितेर घर फर्किनेको सङ्ख्या दुई हजार ६३३ पुगेको छ । उनका अनुसार यस प्रदेशमा ३१४ जना आइसोलेशन र ३८९ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप