मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहा कारागारका ५ सय १६ जनामा कोरोना संक्रमण

बिहीबार, ०१ असोज २०७७, २० : ४३
बिहीबार, ०१ असोज २०७७

सिरहा कारागारमा रहेका ५ सय ९९ जना कैदीबन्दी मध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा पटक पटक गरेको पीसिआर परीक्षणबाट कारागारमा रहेका पाँच सय ९९ जना मध्ये ५ सय १६ जनामा कोरोना संक्रण देखिएको हो । 

एक सय ५० जन अटाउने क्षमता भएको कारागारमा दुई गुन्नाबढी कैदिवन्दी राखेको हुँदा संक्रमण दर उच्च देखिएको बताइएको छ । धेरैमा कोरोना संक्रमण देखिएपछि  सवै तसित बनेका छन् । कारागारमा एक सय पचास जना मात्र कैदी बन्दी राख्ने क्षमता भएकाले भौतिक दूरी कायम नहुँदा कैदीबन्दीमा संक्रमण तिव्रगतिमा फैलिएको जनाएको छ ।

कारागारमा बुधबार मात्रै २ सय ५९ जना संक्रमित थपिएपछि सिँगै कारागारलाई आइसोलेसन केन्द्रमा परिणत गर्नुपर्ने वाध्यता भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी जानकारी दिए ।

उनले भने, ‘कारागारमा भएका धेरैमा पोजेटिभ देखिएको छ, अव यसैलाई आईशोलेशनको रुपमा संचालन गर्नु पर्छ ।’

सिरहा कारागारमा एक सय ३५ जना पुरुष र १५ महिला कैदीबन्दी गरी एक सय ५० जना राख्ने क्षमता मात्र रहेको छ । सानो ठाउँमा धेरै कैदीबन्दी राखिँदा भौतिक दूरीको अपर्याप्तता, शौचालय र खुला ठाउँको अभावकै कारण संक्रमण फैलिएको सिरहा कारागारका निमित्त प्रमुख वविता महतोले बताइन् ।

कैदीबन्दीको कोचाकोचकै कारण जेलभरि संक्रमण फैलिएको हो । संक्रमितमा रुघाखोकी, ज्वरोलगायत लक्षण देखिन थालिएको छ । कोराणा संक्रमितहरुमा आउने संभावित खतरालाई रोक्नको लागि सम्बन्धित निकायको तत्कालै ध्यान दिनुपर्ने स्थानीयहरुको जोडदार माग रहेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप