शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा निषेधाज्ञा हटाइयो

बिहीबार, ०१ असोज २०७७, २० : ००
बिहीबार, ०१ असोज २०७७

जनकपुर । कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा पूर्णतः हटाइएको छ ।

लामो समयपछि महोत्तरीमा लगाइएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय महोत्तरीले हटाएको हो । जिप्रका महोत्तरीले एक सूचना प्रकाशित गर्दै यसअघि जारी गरेको निषेधाज्ञा वर्तमान समयमा पुनः जारी गरिरहनु पर्ने अवस्था नदेखिएकाले हटाइएको जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण बढ्ने अनुमान गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउन १५ गतेदेखि जिल्लाभरि निषेधाज्ञा लगाएको थियो । लामो समयसममको निषेधाज्ञाका कारण जिल्लाको सदरमुकाम जलेश्वर लगायत आसपासका बजारहरू पूर्णरूपमा बन्द थिए भने आवतजावतमा पनि कडाई गरिएको थियो ।

निषेधाज्ञा हटेसँगै बिहीबार बिहानबाट बजारहरू खुलेपछि जनजिवन सामान्य बनेको छ । निषेधाज्ञा हटाएको भएपनि कोरोना भाइरसबाट जोगिन सरकारले जारी गरेका निर्देशन र सूचनाको पूर्णरूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आग्रह समेत गरेका छन् ।

प्रजिअ कटुवालले तत्कालै कोरोना संक्रमण अन्त्य हुने सम्भावना नरहेकोले अबको जीवनयापनमा कोरोनाबाट बच्न सर्तकर्ताका उपायहरु अवलम्बन गर्दै अघि बढ्नुपर्ने तथ्यलाई मनन गर्दै अर्को सूचना जारी नहुँदा सम्मका लागि डिसिसिएमसिको भदौँ ३१ गतेको निर्णय अनुसार निषेधाज्ञा खुकुलो बनाइएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप