शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको तिनचुलीमा पनि नयाँ शाखा

बिहीबार, ०१ असोज २०७७, १८ : ५१
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम, भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । 

अहिले कोरोनाभाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरिरहेको छ ।  सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको (UNO) क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप