बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोले १६ औँ बार्षिकोत्सव मनायो

बिहीबार, ०१ असोज २०७७, १७ : ५३
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । वैश्विकस्तरमै अग्रणी टेक ब्राण्ड ओपोले आज १६ औँ बर्षिकोत्सव मनाएको छ । निरन्तर नव प्रबर्तन पस्कँदै आइरहेको ओपोले विगतका केही वर्षमा आफ्नो परिचय फोन निर्माताबाट स्मार्ट उपकरण नवप्रबर्तनका रुपमा स्थापित गरिसकेको छ । आफ्ना पार्टनर्स तथा प्रयोगकर्ताका लागि उद्योगलाई विकासतिर अग्रसर गराउने खालका उच्च गुणस्तरीय सुन्दर डिजाइन सहितका प्राविधिक उत्पादन तथा सेवामार्फत कम्पनीले विश्वभर आफ्नो छाप छोड्दै आइरहेको छ ।

‘बार्षिकोत्सवको यो अवधिसम्म आईपुग्दा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ । ओपोको यो यात्रामा साथ दिनुहुने समस्त उपभोक्ता, पाटनर्स, कर्मचारी जसको प्रतिबद्धता र समर्थनले हाम्रो सफलताको सम्भव बनाइदिएको छ सबै प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छौँ ।’ ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोन चनले भने ।

१६ वर्षको जीवन्त अवधि
यस वर्ष ओपोले फाइभजी, एआई, ईमेजिङ र भोक फ्ल्याशचार्जिङ तथा कञ्जुमर टेक्नोलोजीका क्षेत्रमा उल्लेखनीय सफलता हात पारेको छ । अगस्त महिनामा नयाँ पुस्ताको हाइब्रिड जुम प्रविधि सार्वजनिक गर्दै तस्विरका गुणस्तरको स्तरलाई नयाँ उचाई प्रदान गरेको छ । साथै, फ्ल्याश चार्ज प्रविधिमा ओपोको अग्रतालाई थप सुदृढ बनाउँदै १२५ बाट फ्ल्याश चार्जले प्रतिनिधित्व गरिरहेको फ्ल्याश चार्जको नयाँ लाइन अप पनि कम्पनीले सार्वजनिक गरेको छ ।

ओपोले यूके र यूरोपमा पहिलो फाइभजी एसए नेटवर्क स्लाइसिङ सर्भिसेजका साथ सफलतापूर्वक पहिलो ५ जी स्ट्यान्डअलोन (एसए) पनि उपलब्ध गराइसकेको छ । हाल ओपो ५० भन्दा बढी ग्लोबल अपरेटर्ससँग सहकार्य गर्दै विश्वभर फाइभजीको बृहत्त व्यवसायिकरणलाई गति प्रदान गर्न अग्रसर रहेको छ । साथै, कम्पनीले सीभीपीआर २०२० मा एआई श्रेणी अन्तर्गत दुईओटा पहिलो स्थानको पुरस्कार पनि हात पारिसकेको छ । त्यसैगरी अभूतपूर्व एआई प्रविधिको अन्वेषणका लागि डिपार्टमेन्ट अफ ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्ट¥याक्सनको स्थापना पनि गरेको छ ।

एकिकृत टेक फर्मका रुपमा स्थापति हुने उद्देश्यका साथ ओपोले आफ्ना प्रयोगकर्ताका पृथक अवश्यकताको पूर्ति गर्दै विकसित हुँदै आइरहेको छ । ईन्टेलिजेन्ट मोबाइल डिभाइस बिजनेस यूनिटको स्थापनासँगै कम्पनीले ईयर बड्स, स्मार्ट वाच्ज र फाइभजी सीपीई लगायतका आईओटी उत्पादनहरु सार्वजनिक गरिसकेको छ । स्मार्टफोनका साथमा ओपो अहिले नयाँ बौद्धिक ईको प्रणालीको निर्माणका लागि प्रयत्नरत छ ।

ओपोले हार्डवेयर, सफ्टवेयर र ईन्टरनेट सेवाका लागि मूलभूत प्रविधिहरुको विकास गरिसकेको छ । उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा कलर ओएसको नयाँ भर्जनले दृष्टि, श्रब्य र भौतिक अशक्तता भएका प्रयोगकर्ताका लागि टक ब्याक, फ्ल्याश अन कल र एक्सेसिबल मेन्यू लगायत सुविधा पनि उपलब्ध गराइसकेको छ । हाल कलर ओएसको मासिक सक्रिय प्रयोगकर्ताको संख्या विश्वभरमा ३७० मिलियनको हाराहारीमा रहेको छ ।

बषौँदेखि ओपोले आफ्नो मूलभूत मान्यतामा केन्द्रित रहँदै प्रविधिलाई पहिचान दिलाउने, सहज उपलब्धता र निजीकृत गर्ने कार्य गरिरहेको छ । यही कुरालाई दृष्टिगत गर्दै ओपोले भविश्यमा पनि आफ्ना विश्वभरका प्रयोगकर्ता केन्द्रित डिजाइन तथा उत्पादन पस्कन आफ्ना ग्लोबल सप्लाई चेन पार्टनर्स, नेटवर्क अपरेटर्स र विक्रेताहरु संग अझगहिरो र बलियो सहकार्यको आशा गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप