शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यापुले दशैंमा लोकल खसी, कुखुरा र हाँसको होम डेलिभरी गर्दै, बुकिङ सुरु

बिहीबार, ०१ असोज २०७७, १७ : १९
बिहीबार, ०१ असोज २०७७

काठमाडौ। ग्यापु डट कमले दशैंलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ। चेन रेस्टुरेन्टमा लोकप्रिय बाजेको सेकुवासँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरि उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए। साथै ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने खड्काको दाबी छ।

‘अधिकांश मानिसहरु खसी किन्दा रङ, सिङ हेरेर र  तौल जोखेर लिने गर्छन्,’ उनले भने, ‘हामी यो कुरालाई पनि सहज बनाउँदै छौँ, सामाजिक सञ्जालमार्फत भिडियो कल गरेर उपभोक्तालाई देखाएर रोजेको खसी डेलिभरी गर्दैछौं ।’ 

दशैंमा उपत्यकामा तीन हजार खसी बेच्ने उदेश्यले ग्यापुले खसीको प्रि–बुकिङ पनि सुरु गरिसकेको छ । उपभोक्ताले अहिलेनै खसी घरमै लगेर पाल्ने भएपनि होम डेलिभरी गरिने खड्काले बताए।  होम डेलिभरी सेवा भरपर्दो भएकोले समन्वय गरि काम गरेको बाजेको सेकुवाका सञ्चालक चेतन भन्डारी बताउँछन्। 

ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, सेल पे, इ–सेवा, खल्ती, आइएमइ पे, प्रभु पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन् ।

लकडाउनकै अवधीमा स्थापना भई आक्रमक व्यापार गरिरहेको ग्यापुले छोटो समयमै चार दर्जन बढीलाई रोजगार दिन सफल भएको छ । ग्यापुले विभिन्न कम्पनी र ठुला सप्लायर्ससंग सहकार्य गरेर उपत्यकाभित्र सेवा दिइ रहेको छ। सामान बिक्री भएको ३ देखी ५ दिन भित्रै भेन्डरलाई भुक्तानी दिने बताउँदै खड्काले निशुल्क सामान डेलिभरी गरिने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप