शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

बिहीबार, ०१ असोज २०७७, १७ : १४
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । नेपाल टेलिकमले असोज ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा विभन्नि अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार अनलिमिटेड युट्युब अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध उपलब्ध गराउने भएको हो । यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । 

यस्तै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।  यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने जनाइएको छ । 
 
हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुन टेलिकमले जनाएको छ ।
संविधान दिवसका अवसरमा उपलब्ध गरिएका अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप