शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा नयाँ शाखा खोल्यो

बिहीबार, ०१ असोज २०७७, १७ : १३
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेय क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका छन् । 

यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एनटिभी रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गरे । यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप