भक्तपुर घटना: श्रीमती–छोरा मारेको २४ घण्टापछि आत्महत्या
काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका सुदिप अधिकारी दम्पत्ति र छोरा सुशान्तको शव परीक्षणको बिस्तृत रिपोर्ट आएको छ । भदौ २६ मा साँझपख मृत फेला परेका श्रीमती–छोरा र सुदिपको मृत्यु २४ घण्टाको समय अन्तरमा भएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ । भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको शव परीक्षण रिपोर्टअनुसार छोराको टाउकोमा ४ वटा चोट र सुशान्तको टाउकोमा तीन पटक दाउराले हिर्काएको चोट देखिएको छ । सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट देखिएको छ ।
पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले सुदिपले २४ घण्टाअघि श्रीमती र छोराको हत्यापछि आफुले विष खाएर आत्महत्या गरेको निष्कर्ष निकालेका छन् । ‘शव फेला परेको ४८ घण्टाअघि श्रीमती–छोरा र २४ घण्टाअघि सुदिपको मृत्यु भएको देखिएको छ’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले भने– ‘सुदिपले विष सेवन गरेको कुरा पोष्टमार्टमबाट पनि खुलेको हुनाले हत्यापछि आत्महत्या गरेको देखियो ।’ सुदिप डिप्रेशनमा थिए । घरमा झै–झगडा गरिरहने कुरा छिमेकीले पनि प्रहरीलाई बताएका छन् ।
सुदिपले भदौ २४ मा राती श्रीमतीछोराको हत्या गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । हत्यापछि उनले दुवैको मोवाईल बिहान ४ बजेर १३ मिनेटमा एकैपटक अफ गरिदिएका थिए । भोलिपल्ट उनले विष खाएर आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । विषको दुईओटा बट्टा छतबाट बाहिर फालेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
उनीहरुको भि–सेरा परीक्षणका लागी नेपाल प्रहरीको सामाखुसीस्थित विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । भि–सेरा रिपोर्ट आउन बाँकी रहेको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दिपक थापाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र
-
नक्कली यौनवर्धक औषधी उत्पादन गरेको आरोपमा ३ जना पक्राउ
-
रविको समर्थनमा त्रिभुवन विमानस्थलमा प्रदर्शन, तस्बिरहरू