शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, १०.४ प्रतिशत लाभांश दिने

बिहीबार, ०१ असोज २०७७, १५ : ५१
बिहीबार, ०१ असोज २०७७

माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैक लाभाश घोषणा गर्ने पहिलो बैंक बनेको छ । 

बैंकले १०.४ प्रतिशत लाभांश दिने जनाएको छ । कुल लाभांश मध्ये ७.०३ प्रतिशत बोनस सेयर र  ३.३७ प्रतिशत नगद लाभांस दिने भएको छ ।  बैंकको सञ्चालक समितिको बैठकको घोषणाको कार्यान्वन नेपाल राष्ट्र बैंकले स्विकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि हुनेछ । 

बैंकको चुक्ता पुँजी झण्डै साढे ८ अर्ब रुपैयाँ छ । बैंकले गत बर्ष एक अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप