शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा ई-ट्रेलर सेवा सुरु

बिहीबार, ०१ असोज २०७७, १५ : ४६
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले कोरोना (COVID 19) को महामारीको विषम परिस्थितिमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई–ट्रेलर सेवा सञ्चालनमा ल्याएको छ ।  ई–ट्रेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड (QR-CODE) स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।

यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले गरेका थिए ।  बैंकले नयाँ प्रविधिलाई आत्मसात गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहक वर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले ई–ट्रेलर सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले (VISA Network) अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप