सेयर बजारमा ३१ अंकको उछाल, होटल र हाइड्रोपावरका लगानीकर्ता मालामाल
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा तीव्र उछाल आएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३०.८१ अंकले बढ्दा १ हजार ५ सय ७२ अंकमा पुगेको हो । कारोबार खुलेको केही समयसम्म केही घटे पनि बजार पहिलो १५ मिनेटदेखि नै बजार बढेर १ हजार ५ सय ७८ अंकसम्म पुगेको थियो । पछिल्लो ४० मिनेटमा भने बजारले सामान्य करेक्सनको बाटो समाउँदै सो अंकमा अडिएको हो । ३० अंक भन्दा धेरैको वृद्धि हुँदा बजारको कारोबार पनि ३ अर्ब ३१ करोड रुपैंया भन्दा माथि पुगेको छ ।
बिहीबारको बजारमा निर्जीवन बीमाबाहेक सबै क्षेत्रमा सुधार देखिए पनि होटल क्षेत्र, हाइड्रोपावर क्षेत्र र फाइनान्स कम्पनीहरुको सेयरमा निकै ठूलो उछाल आएको छ । ४ वटा होटलहरु रहेको होटल क्षेत्रमा ४ वटै सेयरहरु सकारात्मक सर्किट लागेर बन्द भएका छन् । हाइड्रोपावरमा ७.३६ प्रतिशत तथा फाइनान्स कम्पनीको सेयरमा ६.१३ प्रतिशतको वृद्धि देखिएको हो ।
१ सय ७० वटा सेयर स्क्रिपहरुको कारोबार भएको बिहीबारको बजारमा १ सय ४१ वटाको सेयरमूल्य बढ्दा ४५ वटा सेयरको मूल्य ९ प्रतिशत भन्दा बढी छ । यसमध्ये धेरैजसो होटल हाइड्रो र फाइनान्स क्षेत्रकै सेयर छन् । म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी लगायतका सेयर भने यो दिन गुमाउने सूचीमा परेका छन् ।
निषेधाज्ञा खुला भएर आन्तरिक र बाह्य उडान र यातायात समेत सुचारु हुने भएपछि होटल क्षेत्रमा उत्साह देखिएको हो । हाइड्रो क्षेत्रको वृद्धिलाई भने विगतमा प्यानिक रुपमा भएको गिरावटको रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु