बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार थापालाइ बीमा बापतको एक लाख हस्तान्तरण

बिहीबार, ०१ असोज २०७७, १५ : ४८
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । मिसन मिडिया क्लबले आज एक सामान्य कार्यक्रमकाबीच पत्रकार महासंघ ललितपुरका कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड बीमाको रू एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका बीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार ‘ पत्रकार कोभिड   बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव रहेका  क्लबका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा आयोजित एक सामान्य कार्यक्रमकावीच पत्रकार थापालाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम रू १ लाखको चेक हस्तान्तरण गरे ।

त्यसअवसरमा उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेकबहादुर रोका, महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की कान्तिपुर हटलाइनका पत्रकारद्दय विष्णु विष्ट  , त्रिरत्न महर्जन लगायतको उपस्थित रहेको थियो ।

त्यस्तै अवको केहि दिनमा अर्का कोभिड संक्रमित पत्रकार संजय केसीलाइ समेत बीमा वापतको रकम हस्तान्तरण गरिने महासचिव झाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप