शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीलाई मोदीको जवाफ–‘सम्बन्ध थप बलियो बनाउँछौं’

बिहीबार, ०१ असोज २०७७, १४ : १७
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप बलियो सुदृढ बनाउने जनाएका छन् । प्रधानमन्त्री केपी शर्माओलीलाई सम्बोधन गर्दै ट्वीटरमा उनले लेखेका छन्, ‘धन्यवाद्, केपी शर्माओलीजी, हामी नेपाल–भारत सम्बन्धलाई हाम्रो साझा संस्कृति र इतिहासमा आधारित रहेर थप सुदुढ बनाउनेबारे सोच्दैछौं ।’

यसअघि प्रधानमन्त्री ओलीले मोदीलाई ट्वीटमारर्फत जन्मदिनको शुभकामना दिदैं दुई देशबीच सम्बन्ध सुदृढ बनाउनेगरी नजिक भएर काम गर्ने बताएका थिए । ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई जन्मदिनको शुभकामना । म तपाईको स्वास्थलाभ र खुसीको कामना गर्दछु । दुई देशबीचको सम्बन्ध बलियो बनाउन हामी निकट भएर निरन्तर काम गर्नेछौं,’ ट्वीटमा ओलीले लेखेका थिए ।

आज भारतीय प्रधानमन्त्री मोदीको ७१ औं जन्मदिन हो । १९५० मा गुजरातमा उनको जन्म भएको थियो । ८ वर्षको उमेरदेखि नै भारतको हिन्दुवादी संगठन (आरएसएस) राष्ट्रिय स्वयंम्सेवक संघमा आबद्ध मोदी १९८५ मा संगठनकै निर्देशनमा भारतीय जनता पार्टी (भाजपा) को जिम्मेवारीमा खटिएका थिए । २००१ मा भाजपाको महासचिव हुनअघि उनले विभिन्न जिम्मेवारी निभाए । 

२००१ मा मोदी गुजरातको मुख्यमन्त्री बने । त्यसपछि उनले २०१४ सम्म यो जिम्मेवारी निर्वाह गरे । २०१४ को लोकसभा निर्वाचनमा भाजपाले बहुमत ल्याएपछि मोदी पहिलो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका थिए । २०१९ मा भएको निर्वाचनबाट उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका छन् । आधुनिक भारतका शक्तिशाली व्यक्तिहरुमध्ये मोदी एक मानिन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप