शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भायानेटको इन्टरनेट अब इनरुवामा

बिहीबार, ०१ असोज २०७७, १४ : ०५
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आइपी टिभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब आफ्ना सेवाहरु इनरुवामा विस्तार गर्ने भएको छ । इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउनका लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको छ ।

कम्पनीकाअनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् । 
 
भायानेटले नेपालको पहिलो एफटीटीएच सेवा सन् २०११मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आइपी टिभी सेवा भायाटिभी पनि छ । जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडी च्यानलहरु, युट्यूभ, मोमो एप र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप