शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिया ड्रग केसमा नाम आएपछि नायिका रकुलप्रित सिंह पुगिन् अदालत, गरिन् यस्तो अपिल

बिहीबार, ०१ असोज २०७७, १३ : ३१
बिहीबार, ०१ असोज २०७७

ड्रग्स मामिलामा आफ्नो नाम मुछिएपछि रकुल प्रित सिंहले दिल्ली उच्च अदालतमा याचिका दर्ता गरेकी छिन् ।

याचिकामा उनीविरुद्ध भइरहेको मिडिया कभरेज रोकिदिन माग गरेकी छिन् । उनको इमेज खराब गर्ने कोसिस किन भइरहेको छ भने अदालतमा सुनुवाई गरिएको छ ।

उच्च अदालतमा रकुल प्रितको गुहारः

रकुलप्रितले आफ्नो याचिकामा रिया चक्रवर्ती मुद्दामा आफ्नो नाम आएपछि मिडिया ट्रायल चल्न थालेको बताएकी छिन् । तसर्थ रकुलप्रितले  उच्च अदालतसँग सूचना एवं प्रसारण मन्त्रालयलाई उनीविरुद्ध मिडिया कभरेज नगरिदिन निर्देशन दिन अपिल गरेकी छिन् ।

रकुलप्रितले आफ्नो याचिकामा आफूले सुटिङ स्थलमा हुँदा उनको र सारा अली खानको नाम रियाले लिएको भन्ने खबर सुनेको र त्यसपछि मिडियाले खबर चलाउन सुरु गरे । रकुलप्रितका वकिलले हाइकोर्टसँग मिडियाले रकुलप्रितलाई उत्पीडन गरिरहेको बताए ।

उच्च अदालतको मिडिया च्यानललाई संयम राख्न सल्लाहः

यो मुद्दाको सुनुवाईको क्रममा उच्च अदालतले सबै मिडिया च्यानललाई संयम राख्न सल्लाह दिएको छ । उच्च अदालतले केन्द्र सरकार, नेशनल ब्रोडकास्टर असोसिएशन, प्रसार भारती, प्रेस काउन्सिलसँग मिडिया च्यानललाई अन्तरिम निर्देशन दिएका छन् ।

ड्रग्स केसमा सार्वजनिक भएको थियो रकुलको नामः

स्मरण रहोस्, एनसीबीको सोधपुछमा रिया चक्रवर्तीले ड्रग्स केसमा बलिउडका थुप्रै कलाकारको नाम लिएकी थिइन् । खबरका अनुसार रियाले सारा अली खान, डिजाइनर सिमोन खंबाटा र रकुल प्रितको नाम एनसीबीलाई दिएकी थिइन् । सुशान्तको फार्महाउसमा भएको पार्टीमा सारा अली खान, श्रद्धा कपुर, रिया जाने गरेको पुष्टि उनका म्यानेजरले गरेका छन् । प्रहरीले सुशान्तको यो फार्महाउसबाट थुप्रै नशालु पदार्थ बरामद गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप