शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा महामन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना

बिहीबार, ०१ असोज २०७७, १३ : ०६
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन् । सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट  शुभेच्छा व्यक्त गर्नुभएको पार्टी कार्यालयले आज जनाएको छ ।
 
गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका महामन्त्री डा कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ । ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहेका डा.विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ । साथै रेमडिसिभर औषधिको प्रयोगले उनको स्वास्थ्यलाई सहज बनाइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप