मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दामोदर र तुलसीले ल्याए ‘छुर्पी चौँरी गाईको’

बिहीबार, ०१ असोज २०७७, १३ : ०१
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । गायक दामोदर भण्डारी र गायिका तुलसी घर्ती मगरले नयाँ लोकदोहोरी गीत ‘छुर्पी चौँरी गाईको’ ल्याएका छन् । लय तथा शब्द दामोदर भण्डारीकै रहेको गीतको म्युजिक एरेन्जर कृष्ण बिक हुन् ।
गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा अन्जली अधिकारी, करिष्मा ढकाल, बिमल अधिकारी, लोमस शर्मा, अर्जुन गौतम र रमेश खनालको अभिनय रहेको छ । 

एक युवतीको फकाउन ४ युवा उनको प्रसंसा गर्दै पछि लागेको कथा भिडियोमा बुनिएको छ । अर्जुन तिवारीको छायाँकन, दीपक बिष्टको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशन कजिस श्रेष्ठको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप