शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा म्याक्सवेल र केरी नायक, अस्ट्रेलियालाई शृङ्खला

बिहीबार, ०१ असोज २०७७, १२ : ५८
बिहीबार, ०१ असोज २०७७

ग्लेन म्याक्सवेल र एलेक्स केरीले कीर्तिमानी २ सय १२ रनको साझेदारी गरेपछि रोमाञ्चक खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले एकदिवसीय शृङ्खलामा कब्जा जमाउन सफल भएको छ ।

३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै ९० बलमा १०८ रन बनाए भने केरी १०६ रन बनाउँदै अस्ट्रेलियालाई ५ विकेटको क्षतिमा ७३ रनको स्थितिबाट उकासेर जित दिलाए ।

अस्ट्रेलियाका लागि केरीको यो पहिलो एकदिवसीय शतक थियो । दुईजनाले छैटौँ विकेटका लागि कीर्तिमानी साझेदारी गरे । यसअघि सन् २००६ मा वेस्ट इन्डिजविरुद्ध ब्राड ह्याडिन र माइक हस्सीले १६५ रनको साझेदारी गरेका थिए ।

खेल सकिन १५ बल बाँकी छँदा म्याक्सवेल आउट भए भने ४९ औँ ओभरको अन्त्य केरी पनि आउट हुन पुगेका थिए । अन्तिम ओभरमा अस्ट्रेलियालाई जीतका लागि १० रन चाहिएकोमा मिचेल स्टार्कले अदिल रसिदको पहिलो बलमा नै छक्का हिर्काए । त्यसपछि चौका हिर्काउँदै २ बल बाँकी छँदा अस्ट्रेलियालाई जीत दिलाए ।

योसँगै घरेलु एकदिवसीय सिरिजमा इङ्ग्ल्याण्ड पाँच वर्षपछि पराजित हुन पुगेको छ । सन् २०१८ मा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई ह्वाइट वास गरेको थियो ।

यसअघि, जोनी बेर्स्टोको १ सय १२ रनको मद्दतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३०२ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप