शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेयमारलाई दुई खेलको प्रतिबन्ध, रंगभेदबारे अनुसन्धान गरिने

बिहीबार, ०१ असोज २०७७, १२ : ३७
बिहीबार, ०१ असोज २०७७

मार्सेबिरुद्धको खेलमा झगडा गरेबापत रातो कार्ड पाएका पेरिस सेन्ट जर्मेनका स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । साथै, फ्रेन्च फुटबलका अधिकारीहरुले उनले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे पनि अनुसन्धान गर्ने भएको छ ।

आइतबार लिग वानको खेलमा देखाइएको पाँचवटा रातो कार्डमध्ये एक नेयमारले पाएका थिए । उनले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई हिर्काएका थिए ।

रातो कार्ड पाएपछि नेयमारले गोन्जालेजमाथि आफूलाई रंगभेदी टिप्पणी गरेको आरोप लगाउँदै अधिकारीहरुलाई भीएआरको प्रयोग गरेर अनुसन्धान गर्न माग गरेका थिए । गोन्जालेजले नेयमारको आरोपलाई खण्डन गरेका छन् ।

रातो कार्ड पाउने अन्य खेलाडीहरुलाई पनि प्रतिबन्ध सुनाइएको छ । यसमा पीएसजीका डिफेन्डर लेइभिन कुरजावालाई ६ खेलको प्रतिबन्ध लगाइएको छ । उनको समकक्षी लियान्ड्रो पारेडेलसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । मार्सेका जोर्डन अमाभीलाई ३ खेल तथा डारियो बेनेडेट्टोलाई एक खेलको प्रतिबन्ध लगाइएको छ ।

यता, लिग डे फुटबल प्रोफेसनल (एलएफपी) ले नेयमारको आरोपबारे अनुसन्धान गर्ने बताएको छ । पीएसजीले नेयमारलाई समर्थन गर्ने बताएको छ भने मार्सेले गोन्जालेज रंगभेदी नभएको भन्दै बचाउ गरेको छ ।

पीएसजीका एन्जेल डि मारियामाथि पनि विपक्षी खेलाडीलाई थुकेको आरोप छ । उनलाई २३ सेप्टेम्बरमा अनुशासन समिति सामु उपस्थित हुन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप