शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तयारी लामो यात्राको, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०१ असोज २०७७, १० : १८
बिहीबार, ०१ असोज २०७७

आज ९बिहीबार० देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस ९कोभिड–१९० को महामारीसँगै चैत १० गतेदेखि सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै बिहीबारदेखि त्यस्ता सवारीसाधनको सञ्चालन सुरु भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएपछि मंगलबारदेखि नै यातायात व्यवसायी र मजदूरहरु सवारीसाधन सञ्चालनको तयारी सुरु गरेका थिए । यातायात सञ्चालन सुरु भएपछि यतिबेला नयाँ बसपार्क, पुरानो बसपार्क क्षेत्रमा चहलपहल बढेको छ ।

लामो दुरीमा सञ्चालन हुने सवारी साधनले अनिवार्य सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने, मास्क–सेनिटाइजर अनिवार्य हुनुपर्ने, बेलाबेलामा गाडीको डिस्इन्फेक्सन हुनुपर्ने लगायत स्थानीय सरकारको समेत नियम पालन गर्नु पर्ने छ । तर यसरी सञ्चालन हुने सार्वजनिक सवारी साधनले यात्रुहरुबाट साविकको भाड दर भन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरेको छ ।


असोज १ गतेदेखि नै सबै खाले लामा दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भए पनि केहि केहि क्षेत्रमा भने सवारी सञ्चालन हुन पाउने छैनन् ।

करिब ६ महिनापछि सवारीसाधन सञ्चालन गर्न पाउँदा यातायात व्यवसायी र यातायात मजदूरहरु यतिबेला निकै खुसी भएका छन् । तर, छोटो दूरीका सवारीसाधनजस्तो तत्कालै मध्यम र लामो दूरीका यातायातको सञ्चालन सहज भने छैन । यातायात व्यवसायी र मजदूरहरुका अनुसार त्यस्ता सवारीसाधन सञ्चालनमा अहिले मूलतः ३ वटा समस्या छ । पहिलो सवारीसाधन बिग्रेका छन्, सामान्य ढंगबाट चल्नसक्ने अवस्था छैन । दोस्रो धेरै यातायात मजदूरहरु अहिले पनि गाउँमा छन् । उनीहरु फर्कनुपर्छ । र, तेस्रो अहिले ग्यारेजहरुमा मेकानिक समेत अभाव छ । उनीहरु फर्केर बिग्रेका सवारीसाधन मर्मत गरेपछि पनि सहज रुपमा यातायात सञ्चालन हुन सक्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप