बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालुवाटारमा विपद् व्यवस्थापन परिषद‍्को बैठक बस्दै

बिहीबार, ०१ असोज २०७७, १० : १६
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । विपद् व्यवस्थापन परिषद‍्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजेका लागि परिषद‍्को बैठक बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री अध्यक्ष रहेको परिषद‍्मा विपक्षी दलका नेता, संघीय सरकारका मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानसेनापति, मुख्य सचिव र विज्ञहरु सदस्य रहने कानुनी व्यवस्था छ । 

देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोका सम्बन्धमा तत्काल उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल हुने थापाले बताए । यस्तै कोरोनाको बढ्दो संक्रमणका विषयमा आगामी रणनीतिबारे छलफल हुने थापाको भनाइ छ । उनका अनुसार चैत ११ गते जारी लकडाउन आंशिक रुपमा खुकुलो बनाउँदै जाँदा आउने चुनौतिको सामना कसरी गर्ने भन्नेबारे छलफल हुने छ ।

संवैधानिक आयोगबारे छलफल तय भएको छैन । यस्तै थापाले संवैधानिक आयोगहरुको नियुक्तिबारे छलफल तय भइनसकेको बताए ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री  ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच उक्त विषयमा भएको छलफलबाट देउवासँग पनि छलफल गर्ने सहमति भएको थियो ।तर संवैधानिक आयोगहरुको नियुक्तिका सम्बन्धमा छलफलबारे कुनै जानकारी नआएको देउवाको सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पनि यस विषयमा छलफलका लागि समय तय नगरिएको बताए । यद्यपि उनले नेताहरुलाई फुर्सद भए छलफल हुन पनि सक्ने बताए । संवैधानिक आयोगका रिक्त ४० पदमा पदाधिकारी तथा सदस्य नियुक्तका लागि पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षी दलबीच छलफल निरन्तर भइरहेको छ । तर सत्तापक्ष र प्रतिपक्षबीच भागवण्डा नमिल्दा नियुक्त प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

तर प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक पदमा पूर्ति हुन नसकेको काँग्रेसको आरोप छ । प्रधानमन्त्री ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशिलता बढाएको काँग्रेसले भन्दै आएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप