शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आगलागीबाट घर जलेर नष्ट

बिहीबार, ०१ असोज २०७७, १० : ००
बिहीबार, ०१ असोज २०७७

बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । 

आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ ।

घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । 

उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । 

घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप