बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाले भनिन्, ‘जयाजी, तपाईं र तपाईंको इन्डष्ट्रिले कुनै थाल दिएको छैन, दुइ मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि पाइन्छ’

बिहीबार, ०१ असोज २०७७, ०९ : २४
बिहीबार, ०१ असोज २०७७

फिल्म इन्डष्ट्रिमा सुशान्त सिंहको मामिलाबाट सुरु भएको विवाद भारतीय संसदसम्म पुगेको छ । र कुरा बलिउडको थालमा प्वाल पार्ने विषयमा भइरहेको छ । सपा सांसद जया बच्चनले राज्यसभामा थालमा प्वाल पारेको बयान दिएका थिए । यसमा कंगना रनौटले बुधबार जवाफ दिएकी छिन् ।

यसैबीच कंगना रनोटले जया बच्चनलाई दिएको जवाफमा स्वरा भास्करले बुधबार नायिकामाथि निशाना साँधेकी छिन् । उनले कंगनालाई ठूलाको इज्जत गर्न भनेकी छिन् ।

कंगनाले भने, ‘कुन थाल दिएको छ जयाजी र उनको इन्डष्ट्रिले ?’

यसअघि कंगनाले ट्वीट गरिन्, ‘जयाजी र उनकी इन्डष्ट्रिले कस्तो थाली दिएको छ ? एक थाल पाएको थिएँ जसमा दुई मिनेटको भूमिका आइटम नम्बर्स र एक रोमान्टिक सीन पाइन्थ्यो त्यो पनि हिरोसँग सुतेपछि । मैले यो इन्डष्ट्रिलाई फेमिनिज्म सिकाएँ । थाललाई देश भक्ति, नारी प्रधान फिल्मबाट सजाएँ । यो मेरो आफ्नो थाल हो, जयाजी तपाईंको होइन ।’

जयाको बयानमा विवाद बढेपछि महाराष्ट्रको उद्धव सरकारले मुम्बईमा अमिताभ बच्चनको बंगलाको सुरक्षा बढाएको छ ।

कंगनामाथि स्वराको बयानः गाली नै गर्नु छ भने मलाई गर

स्वराले ट्वीट गरिन्, ‘बिरामी कंगना, लाज लाग्दो बयान । कृपया, अब त बन्द गर । यदि तिमीलाई गाली नै गर्नु छ भने मलाई गाली गर । म खुसी भएरै तिम्रो कुरा सुन्नेछु । ठूलाको इज्जत गर्नु भारतीय संस्कृतिको पहिलो पाठ हो, तिमी त कथित राष्ट्रवादी हौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप