बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीमा एकाएक तरलता ‘अभाव’

बिहीबार, ०१ असोज २०७७, ०८ : ३६
बिहीबार, ०१ असोज २०७७

करिब एक महिना अघि सहकारी संस्थाहरुमा अधिक तरलता(अधिक लगानी योग्य रकम ) भयो भन्ने आधिकारीक व्यक्तिहरुले नै अहिले धेरैजसो सहकारीमा तरलता अभाव भएको अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिइरहेका छन् ।

सहकारी हकहित राष्ट्रिय समाजले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सहकारीको तरलतामा परेको असर र व्यवस्थापनको विषयमा प्रारम्भिक संस्था र छाता संघहरुसंग गरेको छलफलमा सरोकारवालाले तरलता अभाव भएको बताए । राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष के.बी. उप्रेतीले कोरोना महामारीको समयमा तरलता बढेको देखिएपनि अहिले धेरै सहकारीलाई तरलताको अभाव भएको बताए ।

यता, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारीलाई तरलता अभाव भएको अवस्थामा सहयोग गर्न सहकारी बैङ्क र नेफ्स्कूनले सहकार्य गरेर एक–एक अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको बताए । तर स्रोत कानुनी अड्चनका कारण संयुक्त कोष बनाउन नसकिएको बताउँछ ।

नेफ्स्कुनका बिजनेस विभाग प्रमुख (जसले सहकारी संस्थाको लेखा जोखा राख्छन्) सञ्जय तिमल्सिना सहकारीमा लगानीयोग्य रकम चैत यता अधिक भएको बताउँछन् । नेफुस्कुनमा आबद्ध संस्थालाई हेर्ने हो भने अहिले सिस्टममा १ खर्ब भन्दाबढी तरलता छ । तिमल्सिनाका अनुसार यो भनेको झण्डै ३५ प्रतिशत बढी तरलता हो ।

चैत ११ यता व्यापार व्यवसाय ठप्प जस्तै बने । ऋण लगानी गर्ने भन्दा निक्षेप जम्मा गर्नेहरु बढेपछि सहकारीमा पनि पैसा थुप्रिन थाल्यो । तर स्थिती सहज नहुँदै तरलता अभाव भएको अभिव्यक्ति दिएपछि सहकारीमा एकाएक कसरी तरलता अभाव हुन थाल्यो भन्ने चासो बढ्न थालेको छ । के ती जिम्मेवार व्यक्तिले भनेजस्तै धेरैजसो सहकारीमा तरलता अभाव भएको हो त ?

तथ्याङ्क नहेरी बोल्छन् जिम्मेवार व्यक्ति

नेफ्स्कुनका बिजनेस विभाग प्रमुख (जसले सहकारी संस्थाको लेखा जोखा राख्छन्) सञ्जय तिमल्सिना सहकारीमा लगानीयोग्य रकम चैत यता अधिक भएको बताउँछन् । नेफुस्कुनमा आबद्ध संस्थालाई हेर्ने हो भने अहिले सिस्टममा १ खर्ब भन्दाबढी तरलता छ । तिमल्सिनाका अनुसार यो भनेको झण्डै ३५ प्रतिशत बढी तरलता हो । नेफस्कुनमा अहिले झण्डै ४ हजार १ सय सहकारी संस्थाहरु आबद्ध छन् । तिमल्सिना भन्छन्, ‘चैत ११ यता जस्तो थियो उस्तै छ तरलताको अवस्था, असोज १ गतेदेखि केही बाहिरिएला तर अहिलेसम्म औसतमा तरलता अधिक नै छ । एकाध संस्थामा मात्र अभाव भएको हुनसक्छ ।’

बैङ्कहरुको तरलता व्यवस्थापन नेपाल राष्ट्र बैङ्कले गर्छ तर सहकारीको तरलता व्यवस्थापन गर्ने सरकारी निकाय छैन । तरपनि आफु आबद्ध सहकारीमा समस्या नपरोस भनेर राष्ट्रिय सहकारी बैङ्क र नेफ्स्कुनले गत वैशाखमा आपतकालिन कोष खडा गरेका छन् । जसमा सहकारी बैङ्कको १ अर्ब र नेफ्स्कुनको १ अर्ब १० करोड छ । बाहिर प्रस्तुत हुँदा संयुक्त कोष भनिएपनि कानुनी अड्चनका कारण छुट्टा छुट्टै बनाइएको बुझिएको छ ।

यता, सहकारी बैङ्क स्रोत पनि अध्यक्षहरुले भनेजस्तो तरलता अभाव नभएको बताउँछ । सहकारी बैङ्कमा अहिले ३० अर्ब अधिक तरलता छ । काठमाडौँमा सहकारीबाट कर्जा लिएर स—साना व्यवसाय गरेर बसेकाहरु कोभिडका कारण जन्मथलो गइ फर्केर नआउँदा ऋण उठ्न नसकी व्यापारीक प्रयोेजनका लागि खुलेका एक दुई संस्थामा मात्र समस्या भएको हुनसक्ने सहकारी बैङ्क स्रोत बताउँछ । यस्ता अपवादबाहेक समग्र सिस्टममा अधिक तरलता रहेको ती अधिकारीको भनाइ छ । स्रोत भन्छ, ‘अध्यक्षले बोलेको विषयमा खण्डन गरिस् भन्छन्, तर उहाँहरु तथ्याङ्क नहेरी बोलिदिनुहुन्छ ।’ राष्ट्रिय सहकारी बैङ्कमा आबद्ध १२ हजार सहकारी रहेको भनिएको छ ।

सहकारीको तरलता व्यवस्थापनका लागि आपत्कालिन कोष

बैङ्कहरुको तरलता व्यवस्थापन नेपाल राष्ट्र बैङ्कले गर्छ तर सहकारीको तरलता व्यवस्थापन गर्ने सरकारी निकाय छैन । तरपनि आफु आबद्ध सहकारीमा समस्या नपरोस भनेर राष्ट्रिय सहकारी बैङ्क र नेफ्स्कुनले गत वैशाखमा आपतकालिन कोष खडा गरेका छन् । जसमा सहकारी बैङ्कको १ अर्ब र नेफ्स्कुनको १ अर्ब १० करोड छ । बाहिर प्रस्तुत हुँदा संयुक्त कोष भनिएपनि कानुनी अड्चनका कारण छुट्टा छुट्टै बनाइएको बुझिएको छ ।

नेफस्कुनका बिजनेस विभागीय प्रमुख तिमल्सिना आफ्ना सदस्यलाई समस्या परेको थाहा हुनेबित्तिकै सोही कोषको रकम परिचालन गरेर उद्धार गरिने बताँछन् । यद्यपि हालसम्म त्यस्ता सहकारी भेटिएका छैनन् ।

यता सहकारी बैङ्कमा भने झण्डै कोभिड ऋण १५ करोड प्रवाह भएको छ । सहकारी बैङ्क ५ अर्बको आपतकालिन कोष बनाउँन चाहन्थ्यो तर कानुनी अड्चनका कारण १ अर्बको कोष बनाएको ती अधिकारीको भनाइ छ । ती अधिकारीका अनुसार नेफ्स्कुन र सहकारी बैकको छुट्टा छुट्टै कोष हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप