शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्यो तेल जसमा खाना पकाउनु स्वास्थ्यका लागि सबैभन्दा लाभदायी

बिहीबार, ०१ असोज २०७७, ०८ : १९
बिहीबार, ०१ असोज २०७७

आलसको तेल, कनोल तेल, नरिवलको तेल, एभोकाडोको तेल, मकैको तेल, जैतुनको तेल, पामोलिन तेल....

सूची निकै  लामो छ । खाना पकाउनका लागि तेलका धेरै नै विकल्प छन् । तर कुन तेल स्वास्थ्यका लागि सबैभन्दा राम्रो हो ?

खाना र स्वास्थ्यका लागि चिन्ता गर्ने व्यक्तिहरुको मनमा धेरैजसो यो प्रश्न उब्जिरहेको हुन्छ ।

खाना पकाउनका लागि प्रयोग हुने तेल धेरैजसो त्यसको फल, बोट, बिउ वा दानाबाट तयार हुन्छ ।

यसलाई दबाएर, प्रोसेस गरेर निकालिन्छ ।

पोलिअनस्याचुरेटेड फ्याटी एसिडः

तेलको सबैभन्दा ठूलो विशेषता भनेको त्यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ ।

यसमा स्याचुरेटेड फ्याट, मोनोस्याचुरेटेड फ्याट र पोलिअनस्याचुरेटेड फ्याटी एसिड समावेश हुन्छ ।

केही वर्ष अघिसम्म नरिवलको तेललाई स्वास्थ्यको हिसाबले सबैभन्दा राम्रो भनिन्थ्यो । कतिले त यसलाई सुपरफूडसम्म पनि भनिदिए ।

केही मानिसहरुको दाबी थियो कि यो तेल बोसोको रुपमा शरीरमा जम्मान हुने सम्भावना निकै कम थियो ।

तर हार्वर्ड युनिर्भिटीको एक अनुसन्धानले नरिवलको तेललाई ‘विशुद्ध विष’ घोषणा गरिदियो ।

स्वास्थ्यका समस्याः

मानिसको शरीरले धेरै बोसो पचाउन सक्दैन, तसर्थ धेरै बोसो हाम्रो शरीरमा जम्मा हुन थाल्छ ।

मुटुरोग र रक्तचाप जस्ता स्वास्थ्य समस्या पैदा हुन्छ ।

बेलायतमा सरकारको गाइडलाइनले कुनै पुरुषले दिनभरी तीस ग्राम र महिलाले बीस ग्रामभन्दा बढी तेल खान नहुने बताएको छ ।

यसको कारण पनि बुझ्नुहोस् । तेलमा जुन फ्याट हुन्छ, त्यो फ्याटी एसिडको कणसँग मिलेर बन्छ ।

यो फ्याटी एसिड कि त सिंगल बन्डसँग जोडिएको हुन्छ जसलाई स्याचुरेटेड फ्याट भनिन्छ ।

रगतमा कोलेस्ट्रोलको मात्राः

अथवा डबल बोन्डसँग जोडिएको हुन्छ जसलाई अनस्याचुरेटेड फ्याट भनिन्छ, जुन फ्याटी एसिडको सानो श्रृङ्खलामा बाँधिएको हुन्छ, त्यो रगतमा प्रत्यक्ष रुपमा घुल्ने गर्छ ।

र शरीरको ऊर्जाको आवश्यकतालाई पूरा गर्छ । तर लामो चेन भएको फ्याटी एसिड सिधा कलेजोमा जान्छ ।

यसरी हाम्रो रगतमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ ।

नरिवलको तेलको विषयमा भएको अध्ययनले यसले हाम्रो शरीरमा लो डन्सिटी लिपोप्रोटिन (एलडीएल) को मात्रा बढाउने पत्ता लागेको छ ।

एलडीएलको प्रत्यक्ष सम्बन्ध हाम्रो मुटुको गतिसँग भएको पाइयो ।

यद्यपि, नरिवलको तेलबाट हाई डेन्सिटी लिपोप्रोटिन (एचडिएल) पनि पाइन्छ जसले रगतबाट एलडीएललाई खोस्ने गर्छ ।

फ्याटी एसिड र भिटामिनः

भर्जिनियाको जर्ज म्यासन युनिभर्सिटीका प्राध्यापक टेलर वालेस भन्छन्, ‘एचडीएलमा लोरिक एसिड नामको रसायन हुन्छ जसलाई सी१२ फ्याटी एसिड भनिन्छ । यो लामो चेन भएको फ्याटी एसिड हो जुन कलेजोमा जम्मा हुन्छ । यसले स्वास्थ्यमा सस्या पैदा हुन्छ ।’

त्यसकारण जानकारका अनुसार जुन तेलमा स्याचुरेटेड फ्याटको मात्रा कम हुन्छ त्यसले खाना राम्रो हुन्छ । त्यसैले यो कम मात्रामा नै खानुपर्छ ।

पोलिअनस्याचुरेटेड फ्याट र ओमेगा – थ्री, सिक्स फ्याट भएको खाना राम्रो हुन्छ । यसले रगतमा कोलेस्ट्रोलको स्तर कम हुन्छ ।

र शरीरले आवश्यक फ्याटी एसिड र भिटामिन पाउने गर्छ ।

मुटुरोगको आशंकाः

पोलिअनस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याट भएको फ्याटी एसिड थुप्रै तेलमा पाइन्छ । यसको मात्रा बोट र तेल निकाल्ने प्रक्रियामा निर्भर हुन्छ ।

एक अनुसन्धानमा ओलिभ ओयलको अत्यधिक प्रयोगले मुटुरोगको आशंकालाई पाँचदेखि सात प्रतिशतसम्म कम गरिदिन्छ ।

हार्वर्ड युनिर्भिटीको टिएच चेन स्कूल अफ पब्लिक हेल्थको वैज्ञानिक मार्टा गोश फेरेले २४ वर्षसम्म एक लाख व्यक्तिमाथि एक अनुसन्धान गरे ।

उक्त अनुसन्धानमा जो यस्तो प्रकारको ओलिभ ओयलको प्रयोग बढी गर्छन्, उनीहरुमा मुटुरोगको आशंका १५ प्रतिशतसम्म काम हुने पत्ता लाग्यो ।

ओलिभ ओयलः

जैतूनको तेलको फाइदाको ठूलो कारण त्यमा पाइने मोनोस्याचुरेटेड फ्याटी एसिड हो ।

यसमा भिटामिन, मिनरल्स, पेलिफेनोल्स र बोटमा पाइने अन्य माइक्रोन्यूट्रियन्ट्स हुन्छन् ।

मार्टाका अनुसार ओलिभ ओयलको प्रयोग गर्दा हाम्रो खानासँग जोडिएका अन्य हानिकारक फ्याटी एसिडबाट पनि छुटकारा पाइन्छ ।

जैतूनलाई फोडेर त्यसको गुदीबाट ओलिभ ओइल निकालिन्छ । यसलाई सबैभन्दा स्वस्थवद्र्धक तेल भनिन्छ ।

यो हाम्रो पेटमा पाइने ब्याक्टेरियाका लागि राम्रो हुन्छ । यसले मुटुरोगलाई कम गर्ने पनि बताइन्छ ।

जैतुनको तेल खाँदा क्यान्सर र मधुमेहबाट बच्ने पनि दाबी गरिन्छ ।

मेडिटेरेनियन डाइटको महत्वपूर्ण हिस्साः

स्पेनको भ्यालेन्सिया युनिभर्सिटीका प्राध्यापक फ्रान्सिस्को बार्बा भन्छन्, ‘जैतूनको तेलमा पाइने फ्याटी एसिड र अन्य तत्वले हामीलाई असंक्रमित रोगबाट पनि बचाउँछ । किनभने यसमा ती तत्व हुन्छ जुन हाम्रो शरीरलाई आवश्यक पर्छ ।’

भूमध्य सागर वरिपरि बस्ने मानिसहरु ओलिभ ओयलको अत्यधिक प्रयोग गर्छन् । यसलाई मेडिटेरेनियन डाइटको अटूट हिस्सा भनिन्छ ।

र मेडिटेरेनियन डाइटलाई विश्वको सबैभन्दा स्वस्थ डाइट मानिन्छ ।

केही वैज्ञानिकले यो डाइड स्वस्थ हुनुको सबैभन्दा ठूलो कारण जैतूनको तेल समावेश भएकै कारण भएको बताइन्छ ।

तर मार्टाका अनुसार संसारका अन्य इलाकाको तुलनामा भूमध्य सागर वरिपरिको खानपानमा नट्स हुन्छन्, फलफूल र सागसब्जीको मात्रा अत्यधिक हुन्छ ।

तसर्थ स्वास्थ्यसको हिसाबले मेडिटेरेनियन डाइट राम्रो हुनुको पछाडि जैतूनको तेलमात्रै नभई पूरा खानपिन हो ।

तेल कमै खानु ठिकः

अनुसन्धानकर्ताले अन्य क्षेत्रको तुलनामा भूमध्य सागरीय क्षेत्रको खान्कीले रगतमा ग्लूकोजको स्तर कम हुने पत्ता लागेको छ ।

केही मानिसहरुले एक्स्ट्रा भर्जिन ओलिभ ओइल लिनु थप फाइदाजनक भएको दाबी गरेका छन् ।

तर स्वास्थ्य विज्ञका अनुसार यसमा एन्टी अक्सिडेन्ट र भिटामिन ईको मात्रा अत्यधिक भएपनि यो निकै कम तापक्रममा तातो हुने भएकोले यो तेलको थुप्रै पौष्टिक तत्व तातो हुँदा नष्ट हुने गर्छ । यस्तो अवस्थामा काँचो तेल खाँदा मात्रै स्वास्थ्यका लागि फाइदा हुन्छ ।

यद्यपि, तेल जुनसुकै होस्, कम मात्रामा खानु नै ठिक हो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप