बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनको भारतलाई जवाफः ‘हामीसँग निहुँ खोज्न तत्काल बन्द गरियोस्’

बिहीबार, ०१ असोज २०७७, ०६ : ५५
बिहीबार, ०१ असोज २०७७

चीनले भारतलाई तत्काल आफ्नो गलत व्यवहार सुधार्न र आफूहरुसँग निहुँ खोज्न तत्काल बन्द गर्न आग्रह गरेको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले हालै भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको संघर्षका लागि जिम्मेवार भएको बताएका छन् ।

चीनको सत्ताधारी पार्टीको पत्रिका ग्लोबल टाइम्सका अनुसार विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा प्रवक्ताले भने, ‘सुरुमा भारतले द्वीपक्षीय सहमतिको उल्लंघन गर्यो, अवैध तरिकाले सीमा पार गरेर उक्साए, सीमा क्षेत्रमा एकतर्फी कारवाही गरेर यथास्थितीलाई परिवर्तन गरे र चिनियाँ सैनिकलाई धम्काउनका लागि गोली चलाए ।’

चीनको यो बयानको एकदिन अघि भारतका रक्षामन्त्री राजनाथ सिंहले संसदमा भारत–चीन तनावमा बयान दिँदै चीमा सीमा उल्लंघन गरेको आरोप लगाएका थिए ।

चिनियाँ विदेश मन्त्रालयको यो बयान अघि ग्लोबल टाइम्सले पनि राजनाथ सिंहको बयानमा प्रतिक्रिया दिएको थियो ।

ग्लोबल टाइम्सका सम्पादक हू शिजिनले एक लेखमा चीन शान्ति र युद्ध दुबैका लागि तयार भएको र भारतसँग त्यहाँ काम गरिरहेको अति–राष्ट्रपति शक्तिको भाषामा नै कुरा गर्नुपर्ने बताएका छन् ।

हू शिजिनले भने, ‘भारतका रक्षामन्त्रीले संसदलाई भारतीय सैनिक कति राम्रा र बहादुर भएको बताएका थिए । उनले चीन–भारत सम्बन्धमा सीमा संकटलाई शान्तिपूर्ण तरिकाले हल गर्ने महत्वमा जोड दिए । उनले भनेको यो दोस्रो कुरा उनको भाषण्कमो प्रमुख हिस्सा थियो ।’

पत्रिकाले लेखेको छ, ‘आजकाल भारतीय सेनाले सीमामा नरम व्यवहार अपनाएको छ, यो कुरा राजनाथ सिंहको सम्बोधनमार्फत् पनि थाहा हुन्छ । यो नरम व्यवहार चिनियाँ सेना पिपल लिबरेशन आर्मी (पीएल) को अत्यधिक दबाबका कारण अपनाइएको हो ।’

शिजिनले भने, ‘पिएलए चीन–भारत इलाकामा आफ्नो तैनाथी बढाइरहेको छ र कठोर कारवाही गरिरहेको छ । त्यसैले भारतीय सेनालाई थाहा भइसकेको छ कि चीनसँग सैन्य टकरावमा उल्झनु एक जुवा हो जसलाई उसले झेल्न सक्दैन ।’

‘भारतमा अति राष्ट्रवादी शक्ति’

उनले भने, ‘भारतमा विभिन्न शक्ति छन् । केही अति राष्ट्रवादी छन् जसले सहज बाटो रोज्न अस्विकार गर्छ र कडा व्यवहारमा अडिग भइरहन्छ ।’

उनले चिनियाँ सरकारलाई भारतसँग कूटनीतिक वार्ता गर्ने बेला आफूले ताकत ठान्ने भाषाको प्रयोग गर्नुपर्ने सल्लाह दिए । उनले भने, ‘सहयोग लामो समयसम्म स्थापित हुन्छ जब यसलाई संघर्षमार्फत् हासिल गर्न सकिन्छ ।’

हू शिजिनले चीनलाई भारत–चीन सीमा विवादको शान्तिपूर्ण समाधानका लागि प्रयास जारी गर्नुका साथै आफ्नो सेनालाई तयार राख्नुपर्ने सल्लाह दिएका छन् । उनले भने, ‘बलियो सैन्य दबाब बिना भारत सीमा मुद्दामा सही धारणा अपनाउन सकिँदैन ।’

भारतका रक्षामन्त्री राजनाथ सिंहले मंगलबार भारत–चीन गतिरोधको विषयमा संसदमा बयान दिएका थिए । उनले अप्रिलदेखि अहिलेसम्म घटनाबारे जानकारी दिएका थिए र चीनमाथि पछिल्लो सम्झौताको उल्लंघनको आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप