शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा निषेधाज्ञा केही खुकुलो, सवारीसाधनमा जोरबिजोर हटाइयो

बुधबार, ३१ भदौ २०७७, २१ : ३५
बुधबार, ३१ भदौ २०७७

कैलाली । कैलालीमा निषेधाज्ञाको जारी राखिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जिल्लामा कोरोना भाइरसको संक्रमण बढीरहेको भन्दै  निषेधाज्ञा जारी राखिएको बताए । तर निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर प्रर्णाली हटाइएको छ भने ५० प्रतिशत यात्रु बोक्न पाइइने मापदण्ड अबलम्बन गरेको छ ।

व्यापार व्यवसाय पहिलाको जस्तै मापदण्ड प्रयोग गरि संचालन गर्न पाइने भए पनि खेलकुद, शैक्षिक संस्था भने अर्को सूचना जारी नहँुदासम्म बन्द रहने छन् ।  होटलहरु भीडभाड नहुने गरी संचालन गर्न पाइने छ । तर राति १० बजेदेखि ५ बजेसम्म अत्यावश्यक काम बाहेक हिड्डुल गर्न रोक लगाइएको छ । 

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप