भोलि देशभरका अदालत बन्द हुने
बुधबार, ३१ भदौ २०७७, १९ : ३२
काठमाडौं । भोलि असोज १ गते देशभरका सबै अदालत बन्द हुने भएका छन् । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनको शोक मनाउन सर्वोच्च अदालत, सबै उच्च अदालत र जिल्ला अदालतहरु बन्द हुने भएका हुन् । सर्वोच्च अदालतमा आज आकस्मिक रुपमा बसेको पूर्ण बैठकले सो निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली मिश्रले आज एक विज्ञप्ति निकाल्दै सो कुराको जानकारी दिएका छन् ।
२०१३ साल जेठ ८ गते देखि ०१६ साल असार १५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहेका सिंहको हिजो भदौ ३० गते साँझ निधन भएको थियो । सिंह बिक्रम संवत १९७६ साल माघ २० गते सप्तरीमा जन्मिएका थिए । २००३ सालमा बडाहाकिम भएर उनले सरकारी सेवा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा