पार्टी एकतामा देखिएको विवाद समाधान गर्न राप्रपाका अध्यक्षत्रयबीच सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयबीच पार्टी एकता प्रक्रियामा आएको उल्झन टुङ्ग्याउने सहमति भएको छ । बुधबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म अध्यक्षत्रय पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच राणाको निवास महाराजगञ्जमा बसेको बैठकले सहमति र समझदारीबाटै पार्टी एकतालाई पूर्णता दिने सहमति भएको हो ।
अध्यक्ष कमल थापाले अध्यक्षत्रयको बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता गरेको ट्वीटमार्फत जानकारी दिएका छन् । यस्तै अध्यक्ष राणाले पनि बैठक सकारात्मक भएको रातोपाटीलाई जानकारी दिए । राप्रपामा निर्वाचन आयोगमा दल दर्ता र चुनाव चिन्ह के राख्ने भन्नेमा विवाद छ। पार्टी एकता हुँदा थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो ।
अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्हमा फेरि विवाद बल्झिएको हो । राप्रपाका दुई समूहबीच एकीकरण भइसकेपनि चुनावचिन्ह टुङ्गो नलग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुङ्गोमा पुगेको छैन । फागुन २९ गते तीन राप्रपाबीच एकता भएको थियो। त्यसको पाँच दिनअघि एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो। दुई समूहबीचको चुनाव चिन्ह तानातानमा धर्मनिरपेक्षता र हिन्दु राष्ट्रको फ्याक्टर बलियो ढंगले जोडिएको छ । केही नेताको गाई चुनाव चिन्ह राख्दा धर्मनिरपेक्षतावादीको मत पाउन नसकिने तर्क छ ।
तर अध्यक्ष थापालगायतले भने पार्टीले हिन्दु राष्ट्रको मुद्दा बनाएकाले गाई छोड्दा मुद्दा कमजोर हुने तर्क गरिरहेका छन् । राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता हुनुअघि अध्यक्षत्रय थापा, राणा र लोहनीले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । सो आधारपत्रमा समेत निर्वाचन चिन्ह सहितका विषयलाई ६ महिनाभित्र टुङ्ग्याउने भनिएको थियो । तर अध्यक्षत्रयबीच यस विषयमा सहमति नहुँदा राप्रपाको एकता प्रक्रिया रोकिँदै आएको छ ।आजको बैठक सकारात्मक भएको भनिए पनि विषयगत सहमतिको कुरा भने राणाले खोल्न चाहेनन् । सहमतिलाई अन्तिम रुप दिन फेरि केही दिनमा अध्यक्षत्रयबीच छलफल हुने राणाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध