बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमानलाई दोस्रो कार्यकाल नदिनु भ्रष्ट राजनीतिको चरम नमुना : रवीन्द्र मिश्र

बुधबार, ३१ भदौ २०७७, १६ : ०९
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले  कुलमान घिसिङलाई पुनःनियुक्ति नदिनु भ्रष्ट राजनीतिको चरम नमुना भएको बताएका छन् । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आइतबार चार वर्षे कार्यकाल सकिएपछि बिदा घिसिङको पुनर्नियुक्त नहुँदा मिश्रले यस्तो बताएका हुन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई पुनः नियुक्ति नदिएपछि उनी मंगलबार मात्र प्राधिकरणबाट औपचारिक रूपमा बिदा  भएका थिए ।

बुधबार समाजिक सञ्जालमार्फत मिश्रले कुलमानले असाधारण काम गरे पनि  उनलाई दोस्रो कार्यकाल नदिनु पद्धति नभइ भ्रष्ट राजनीतिको चरम नमुना भएको बताए ।

उनले लेखेका छन्, ‘धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करार सेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ नवीकरण गरिन्छ। ‘विज्ञापन गर्छौंं, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन।’

  उनले अगाडि लेखेका छन्,  ‘नराम्रो गरे त्यही करारका सर्तलाई देखाएर ‘तिम्रो करार सेवा टुंगियो’ भनिन्छ । कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्धति होइन, भ्रष्ट राजनीतिको चरम नमुना हो।’

कुलमानकै नेतृत्वमा नेपालमा लोडसेडिङ हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता चौतर्फी माग छ । बुधबार घिसिङलाई पुर्ननियुक्त गर्नुपर्ने माग राखेर माइतीघर मण्डलमा प्रदर्शन समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप