शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बल्खुबाट ४ जना प्याजका होलसेलर ब्यापारी पक्राउ

बुधबार, ३१ भदौ २०७७, १६ : ०९
बुधबार, ३१ भदौ २०७७

 

काठमाडौं । प्याज कालाबजारी गर्ने चारजना ब्यापारीलाई प्रहरीले पक्रेको छ ।  उद्योग बाणिज्य तथा आफुर्तिमन्त्री लेखराज भट्टले बुधवार बजार अनुगमन गर्दा कालोबजारी गरेको भेटेपछि उनिहरुलाई पक्रन प्रहरीलाई आदेश दिएका थिए । 

पक्राउ पर्नेमा काभ्रे घर भएका  ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, ४६ वर्षीय सर्दिप तन्डुकार र बारा घर भएका ५० वर्षीय हरिनारायण शाह कलवार छन् ।   मंगलबार सम्म ४८ रुपैयाँमा बिक्री भईरहेको प्याज उनीहरुले १ सय २० रुपैयाँ प्रतिकेजी बेचेको अनुगनको गर्दा फेला परेको थियो ।

भारतले निर्यात रोकेको बहनामा ब्यापारीले स्टोर गरेको प्याज महङ्गो मूल्यमा बेचेका हुन् । उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप