यामाहाको भर्चुअल लन्च हेर्दै नयाँ ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ मौका

काठमाडौं । नेपालको अटो बजारमा नयाँनयाँ प्रविधि भित्र्याउनमा अग्रणी भूमिका खेल्दै आएको यामाहाले नयाँ रे जेडआर १२५ एफआई भित्र्याएको छ । यामाहाले नयाँ रे जेडआरको लन्चका लागि भिन्न तयारी पनि गरेको छ । नेपालमै पहिलो पटक भर्चुअल लन्च हेर्ने दर्शकहरु मध्येबाट लक्की ड्र गरी नयाँ रे जेडआर १२५ एफआई जित्न सकिने अवसर पनि दिएको छ ।
यामाहाले आफ्नो मोटरसाइकलमा फ्युलइन्जेक्सन, ब्लुकोर टेक्नोलोजी, बीएस६ लगायतको प्रविधिहरु अन्य कम्पनीले भन्दा अगाडी नै बजारमा ल्याउँदै आएको छ । फिजिकल लन्च गर्न नपाएर अटोमोबाइल क्षेत्रलाई समस्या भइराखेको अवस्थामा विश्वकै लेटेस्ट टेक्नोलोजीबाट यामाहाले भर्चुअल लन्च गर्न लागेको हो ।
यामाहा रे जेडआर १२५ एफआईको लाइभ लन्च धेरै भन्दा धेरै मानिसलाई लाइभ टेलिकास्टमा सहभागी गराउनको लागि यामाहाले यो लाइभ टेलिकास्ट कार्यक्रम हेर्ने दर्शकहरुबाट एकजनालाई लक्की ड्रमार्फत नयाँ रेज जेडआर १२५ बाट पुरस्कृत गरिने यामाहाले जनाएको छ ।
लक्की ड्रमा सहभागी हुनको लागि यो लिंक https://yamaha.com.np/rayzr-register-win/ मा गएर आफ्नो नाम रजिस्टर गर्नुका साथै प्रत्यक्ष लाइभ टेलिकास्टमा सहभागी हुन सकिन्छ ।
रे जेडआर १२५ को भर्चुअल लन्च यहिँ आउँदो असोज ७ गते ठिक साँझ ७ बजेदेखि यामाहाको युट्युब च्यानल https://www.youtube.com/yamaha-nepal/live बाट प्रत्यक्ष प्रसारण हुनेछ । लाइभमा सहभागी हुन चाहनेको लागि यामाहाले माथिको लिंकमार्फत एउटा अटो रिमाइन्डर अप्सनको पनि व्यवस्था गरेको छ ।
यो नेपालकै पहिलो भर्चुअल लन्च हुने हुँदा हेर्न लायक हुनेछ । यामाहाले यसको प्रचारप्रसार गरिसकेको छ र धेरै मानिसहरुले कस्तो हुन्छ होला भनेर प्रतिक्षा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति