केन्द्रीय संस्करण

यामाहाको भर्चुअल लन्च हेर्दै नयाँ ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ मौका

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपालको अटो बजारमा नयाँनयाँ प्रविधि भित्र्याउनमा अग्रणी भूमिका खेल्दै आएको यामाहाले नयाँ रे जेडआर १२५ एफआई भित्र्याएको छ । यामाहाले नयाँ रे जेडआरको लन्चका लागि भिन्न तयारी पनि गरेको छ । नेपालमै पहिलो पटक भर्चुअल लन्च हेर्ने दर्शकहरु मध्येबाट लक्की ड्र गरी नयाँ रे जेडआर १२५ एफआई जित्न सकिने अवसर पनि दिएको छ ।

यामाहाले आफ्नो मोटरसाइकलमा फ्युलइन्जेक्सन, ब्लुकोर टेक्नोलोजी, बीएस६ लगायतको प्रविधिहरु अन्य कम्पनीले भन्दा अगाडी नै बजारमा ल्याउँदै आएको छ । फिजिकल लन्च गर्न नपाएर अटोमोबाइल क्षेत्रलाई समस्या भइराखेको अवस्थामा विश्वकै लेटेस्ट टेक्नोलोजीबाट यामाहाले भर्चुअल लन्च गर्न लागेको हो ।

यामाहा रे जेडआर १२५ एफआईको लाइभ लन्च धेरै भन्दा धेरै मानिसलाई लाइभ टेलिकास्टमा सहभागी गराउनको लागि यामाहाले यो लाइभ टेलिकास्ट कार्यक्रम हेर्ने दर्शकहरुबाट एकजनालाई लक्की ड्रमार्फत नयाँ रेज जेडआर १२५ बाट पुरस्कृत गरिने यामाहाले जनाएको छ । 

लक्की ड्रमा सहभागी हुनको लागि यो लिंक https://yamaha.com.np/rayzr-register-win/ मा गएर आफ्नो नाम रजिस्टर गर्नुका साथै प्रत्यक्ष लाइभ टेलिकास्टमा सहभागी हुन सकिन्छ । 

रे जेडआर १२५ को भर्चुअल लन्च यहिँ आउँदो असोज ७ गते ठिक साँझ ७ बजेदेखि यामाहाको युट्युब च्यानल https://www.youtube.com/yamaha-nepal/live बाट प्रत्यक्ष प्रसारण हुनेछ । लाइभमा सहभागी हुन चाहनेको लागि यामाहाले माथिको लिंकमार्फत एउटा अटो रिमाइन्डर अप्सनको पनि व्यवस्था गरेको छ । 

यो नेपालकै पहिलो भर्चुअल लन्च हुने हुँदा हेर्न लायक हुनेछ । यामाहाले यसको प्रचारप्रसार गरिसकेको छ र धेरै मानिसहरुले कस्तो हुन्छ होला भनेर प्रतिक्षा गरिरहेका छन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.