शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यूएईमा चिनियाँ खोपको आपत्कालिन प्रयोगका लागि अनुमति

बुधबार, ३१ भदौ २०७७, १४ : ११
बुधबार, ३१ भदौ २०७७

युनाइटेड अरब एमिरेट्स (यूएई) ले कोरोनाभाइरसको खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । आफ्नो देशमा मानिसमाथि परीक्षण सुरु गरेको ६ हप्तापछि यूएईले सो अनुमति दिएको हो ।

चीनको सरकारी स्वामित्वमा रहेको औषधि निर्माता कम्पनी सिनोफामले निर्माण गरेको खोपको तेस्रो चरणको परीक्षण यूएईमा गत जुलाईमा सुरु भएको थियो । यो परीक्षण अझै पूरा हुन बाँकी रहेको छ ।

‘यो खोप शुरुमा हाम्रो फ्रन्टलाइनमा रहेर काम गरिरहेका र भाइरसबाट संक्रमित हुने जोखिममा रहेका हिरोहरुलाई दिइनेछ,’ नेसनल इमर्जेन्सी एन्ड डिजास्टर म्यानेजमेन्टले सोमबार ट्वीट गर्दै जानकारी दिएको हो ।

यूएईमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि यो निर्णय लिइएको हो । शनिबार हालसम्मकै सर्वाधिक १ हजार ७ जनामा संक्रमण देखिएको थियो ।

३१ हजार स्वयम्सेवकमा खोपको परीक्षण गरेपछि उक्त खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको यूएईले जनाएको छ ।

खोप लगाएपछि स्वयम्सेवकहरुमा मध्यम खाले साइड इफेक्टमात्र देखिएको र दीर्घरोग भएका १ हजार जनालाई खोप दिँदा पनि गम्भीर साइड इफेक्ट नदेखिएको यूएईको भनाइ छ ।

सिनोफार्मले गत जुनमा तेस्रो चरणको परीक्षणको लागि अनुमित पाएएको थियो । पहिलो दोस्रो चरणको क्लिनिकल परीक्षणमा २८ दिनमा खोपको दुई डोज दिएपछि स्वयम्सेवकहरुको शरीरमा एन्टीबडी निर्माण भएको पाइएको थियो ।

स्रोत : अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप