शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गायक अमृत गुरुङले भने, ‘यो स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार’

बुधबार, ३१ भदौ २०७७, १४ : ०४
बुधबार, ३१ भदौ २०७७

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भए ।

विद्युत् प्राधिकरणबाट कुलमान बिदा भएको कुरा धेरैलाई चित्त बुझेको छैन । उनको पुनर्नियुक्तिका लागि सर्वासाधारणदेखि कलाकारसमेतले अभियान नै चलाए । कुलमान घिसिङको पक्षमा माइतीघरमा प्रदर्शनसमेत भइरहेको छ ।

यस्तै गायक अमृत गुरुङलाई पनि कुलमानको बिदाइले खिन्न बनाएको छ । उनले सो कुरा आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

बुधबार अपरान्ह अमृत गुरुङले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुसी भएको थिएँ, अहिले कुलमानको बिदाई समाचारले खिन्न भएँ । म उनलाई चिन्दिनँ, मैले उनको काम चिनेको हुँ । राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्र्याको शिकार हुने परिपाी सुरु भएको हो भने अब त्यो पनि भन्न भएन । स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार ।’

उनले लेखेको पोस्टमा आधा घण्टा नबित्दै ३१ सय बढीले रियाक्ट गरेका छन् भने ५१ जनाले कमेन्ट गरेका छन् । यस्तै १ सय ३० बढीले सेयर पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप