शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता

बुधबार, ३१ भदौ २०७७, १३ : ५८
बुधबार, ३१ भदौ २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । अन्य छ जना पौडी खेलेर बाँच्न सफल भएका छन् । सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा आज बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो । बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

अवैध काठसहित ६ जना पक्राउ

अवैधरुपमा काठ चोरी पैठारी गरिरहेका अवस्थामा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट ६ जना पक्राउ परेका छन् । प्रहरी चौकी बासाबसहीको गस्ती टोलीले सरावल गाउँपालिका–२ देवीनगरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैधरुपमा काठ ओसारपसार गरिररहेका अवस्थामा आज बिहान काठसहित ६ जनालाई पक्राउ गरेको हो ।

बासा प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक महेश रायमाझीको नेतृत्वमा खटिएको टोलीले देवीनगरस्थित उत्तरतर्फको वनबाट ६ वटा साइकलमा ल्याउँदै गरेको ७ थान अवैध सालको काठसहित ओसारपसारमा संलग्न छ जना र साइकलसमेत नियन्त्रणमा लिएर बुझाएको डिभिजन वन कार्यालय परासीका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिइन् । नियन्त्रणमा लिइएका मानिस, साइकल र काठ आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय बर्दघाट सरावललाई बुझाइएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप