केन्द्रीय संस्करण

श्राद्धको खाना खाँदा कैलालीमा १ को मृत्यु, १५ जना बिरामी

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0

कैलाली । श्राद्धको खाना खाँदा कैलालीमा एक जनाको मृत्यु भएको छ  भने १५ जना बिरामी परेका छन् ।  
कैलालीको गोदावरी नगरपालिका १० स्थित खमौरा टोलका १५ जना बिरामी परेका हुन् भने १ जनाको मृत्यु भएको हो । 

श्राद्धमा खाना खाएर बिरामी परेका १७ वर्षीय सुरेश बोहराको मंगलवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । 

यही भदौ २८ गते  भिम बहादुर बिष्टको घरमा श्राद्धको खाना खाएपछि बिरामी परेका १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भइरहेको उनले बताए । ३ जनाको नवजिवन अस्पताल र २  जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने बाँकी सबैको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.