बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा वडा सचिवको मृत्यु

बुधबार, ३१ भदौ २०७७, १३ : ३७
बुधबार, ३१ भदौ २०७७

जाजरकोट । नलगाड नगरपालिका- १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान उनको मृत्युु भएको हो । 

रुकुम (पश्चिम) मुसीकोट नगरपालिका–१३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत रहेका थिए । निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए । मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप