केन्द्रीय संस्करण

अभिनेत्री उषा रजक दुर्घटनामा घाइते

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0

काठमाडौं । अभिनेत्री उषा रजक अस्पतात भर्ना भएकी छन् । सवारी दुर्घटनामा घाइते भएकी उनलाई मंगलबार साँझ नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।  बुधबार राखिएको एक म्युजिक भिडियो छायाँकनका लागि पहिरन छनौट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उनी सवार स्कूटरलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि सामान्य उपचार गरेर घर फर्किएकी उनलाई साँझ असैह्य दुखाई भएपछि  परिवारका सदस्यले अस्पताल पुर्याएका हुन् ।  उनको बाँया पट्टीको घुँडा र टाउकोमा चोट लागेको निर्देशक निर्देशक सुव्रत आचार्यले जानकारी दिए । ‘उषालाई बाहिरि भन्दा पनि भित्रि चोट देखिएको छ’ निर्देशक आचार्यले भने ‘ अन्य स्वास्थ्य अवस्था भने सामान्य छ ।’

उषा बुधबार आचार्यकै निर्देशन रहने एक म्युजिक भिडियो अभिनय तयारीमा थिइन् । उनको दुर्घटना भएपछि भिडियोको छायाँकन रोकिएको छ ।पूर्व मिस नेपाल समेत रहेकी उषाले फिल्म, नाटक र थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.