केन्द्रीय संस्करण

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.उप्रेती नियुक्त

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा.सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा.उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराए ।
    
यस्तै सदस्यमा डा.सुरेश तिवारी र चन्द्र थापा नियुक्त हुनुभएको छ । उहाँ दुवै जनालाई अध्यक्ष डा.उप्रेतीले पद तथा गोपनीयताको शपथ गराए । मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.