शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा सञ्चारकर्मी र प्रहरीसहित थप ५ जनामा कोरोना पुष्टि

बुधबार, ३१ भदौ २०७७, १३ : ०६
बुधबार, ३१ भदौ २०७७

कास्की । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भई हाल पोखरा महानगरपालिका–४ गैहपाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत सङ्क्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक/एक जना थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ जना पुगेको निर्देशनालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप