शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ध्रुवदत्तको फिल्म ‘शून्य’ सार्वजनिक

बुधबार, ३१ भदौ २०७७, १३ : ००
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । पछिल्लो समय बेलायत बस्दै आएका अभिनेता ध्रुव दत्तको एकल अभिनय रहेको छोटो फिल्म ‘शून्य’ सार्वजनिक भएको छ । सनम वैरागको निर्देशन रहेको फिल्ममा कोभिड १९ महामारीले निम्त्याएको संकटपूर्ण अवस्था मार्मिक र भावनात्मक रूपले चित्रण गरिएको छ । 

फिल्मले प्रवासमा रहेको बेला कोभिड १९ का कारण जन्मभूमि फर्कन नसक्दा मनमा परेको बेदना र पीडा समेत देखाउन खोजेको छ ।  भिजन संसारको प्रस्तुति, कृष्णबहादुर लाम्गादेको निर्माण, गोपी सापकोटाको कथा र शन्तकुमार राईको छायांकन फिल्ममा छ ।

फिल्मको सबटाईटल ज्ञानेन्द्र रावतले गरेका हुन् भने स्वरांकन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप