शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जीतु अब जीत बहादुर !

बुधबार, ३१ भदौ २०७७, १२ : ५८
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । लोकप्रिय हास्य अभिनेता जीतु नेपालले सामाजिक संजालमा आफ्नो नाम परिवर्तन गराएका छन् । उनले मंगलबार राति फेसबुकमा एउटा रमाइलो स्टाटस पोष्ट गर्दै फेसबुकको आफ्नो नाम समेत परिवर्तन गराएका छन् ।
जीतु नेपालको नाममा धेरै नक्कली फेसबुक एकाउन्टहरु खुलेपछि हैरान भएका जीतुले यसो गरेका हुन् । उनले अहिले आफ्नो वास्तविक नाम (नागरिकता र पासपोर्टमा भएको) जीत बहादुर नेपाल फेसबुकमा पनि राखेका छन् ।

नाम परिवर्तन गर्दै उनले स्टाटसमा लेखेका छन्—‘सबैमा नमस्कार, आजबाट मेरो फेसबुक नाम जीतु नेपालबाट मेरो पासपोर्ट र नागरिकतामा भएको वास्तविक नाम जीत बहादुर नेपाल भएकोले सबैमा जानकारी गराउँदछु । अब कोही पनि नक्कली आइडीबाट न झुक्किनु होला । यो नै मेरो आधिकारिक फेसबुक हो । मलाई एड, फलो गर्नु होला र साथै सरसल्लाह सुझाव दिनुहोला है ।’
जीतुको यो स्टाटस धेरैले लाइक र कमेन्ट समेत गरेका छन् ।

साना तथा ठुलो पर्दाका समेत सफल कलाकारको रुपमा परिचित जीतु पछिल्लो समय मुन्द्रे कमेडी क्लब नामक कमेडी सोबाट चर्चित छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप