बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीमा कोरोना संक्रमणपछि घोराही उपमहानगरमा सिल

बुधबार, ३१ भदौ २०७७, १२ : ५४
बुधबार, ३१ भदौ २०७७

दाङको घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बुधबारदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ ।

एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बुधबारदेखि असोज ४ गते आइतबारसम्म बन्द रहने जानकारी गराएको छ ।

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा घोराही उपमहानगरपालिका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, विपद व्यवस्थापन तथा सरसफाई लगायतका अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप