शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

योशिहिदे सुगा बने जापानका नयाँ प्रधानमन्त्री

बुधबार, ३१ भदौ २०७७, १२ : ४१
बुधबार, ३१ भदौ २०७७

जापानको तल्लो सदनले योशिहिदे सुगालाई बुधबार देशको नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित गरेको छ । शिन्जो अबेले स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् ।

योशिहिदे सुगा जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार निर्वाचित भएका थिए । योसँगै उनी प्रधानमन्त्री प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।  सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए । उनीसँग प्रतिस्पर्धा गरेका पूर्वविदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त  गरेका थिए ।

७१ वर्षीय सुगा निवर्तमान प्रधानमन्त्री सिन्जे आबेको अति निकटस्थ पात्रका रुपमा रहेका थिए ।  सुगाले आबे नेतृत्वको सरकारमा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप