शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भासियो बेँसीशहर-चामे सडक

बुधबार, ३१ भदौ २०७७, १२ : ३८
बुधबार, ३१ भदौ २०७७

लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहर–चामे सडक पहिराले भासिएको छ । मङ्गलबार रातिदेखि  अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिराले आज बिहान सो सडकखण्डको बेँसीशहर नगरपालिका–६ खरखरेभिरको सडक भासिएको हो ।

करिब २० मिटर सडक भासिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताए । उनले भने, “सडकमाथिबाट आएको पहिरो र सडक तल मस्र्याङ्दी नदीले खोलेको जमिनका कारण सडक भासिदा सडक अवरुद्ध भइरहेको छ ।” पानी निरन्तर परिरहेकाले तत्काल मर्मत गर्न असम्भव भएको उनको भनाइ छ ।

सो स्थानमा  लामो समयदेखि वर्षेनी हल्का वर्षा हुनासाथ ढुङ्गामाटो आएर सडक अवरुद्ध हुँदै आएको थियो । सो सडकअन्तर्गत  नगरपालिकै वडा नं ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप